आइएमई पेका सेवाग्राहीहरूले अवदेखि सिद्वार्थ बैंकको खातामा जोडिएर आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन्। बैंकले आइएमई पे वालेटमा बैंक खाता लिङ्क गरी खाताबाट वालेट र वालेटबाट खातामा रकम जम्मा गर्ने जस्ता सेवा उपलब्ध गराउनेछ।
साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन र अफलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा प्राप्त गर्न सक्नेछन्।