नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो।
पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ। दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ।रासस