नेपालीहरूको सपनाको शहर काठमाडौं, अनि काठमाडौंको मुटु सिंहदरबार । धेरैलाई लाग्छ – सिंहदरबार सुन्दर होला, रमाइलो होला। मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार यतिखेर ढकमक्क फूलहरूले सजिएको छ। २०७२ सालको भूकम्पले चिरा चिरा परेको सिंहदरबार परिसर थरिथरीका फूलहरूले सजिएको छ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अगाडिको खाली जग्गालाई उद्यानको रुपमा विकास गर्ने गरी विशेष प्रजातिका बिरुवा रोपेर फूलबारीको सुरूआत गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले रक्त चन्दनको बिरुवा रोपी अभियानको शुभारम्भ गरेका थिए।
उद्यानमा रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, बोधीचित्त, चाप, लोठसल्ला, मालागिरी, धुपी, राजवृक्ष, तेजपातलगायतका ५२ बिरुवा रोपिएको थियो।
सरकारले तत्काल सिंहदरबारमा परिसरभित्र रोज गार्डेन, साइटिस गार्डेन, र हर्बल गार्डेनको निर्माण गर्ने योजना बनाएको थियो। सोही अनुरूप आज हेर्दा सिंहदरबार एउटा ठूलो फूलबारी जस्तै बनेको छ।
हेर्नुहोस् तस्बिरमा












