नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको चक्काजामविरुद्ध कम्पनीमा आबद्ध सवारीसाधन देशैभर सञ्चालनमा आएका छन्। व्यवसायीको सिन्डिकेटबाट नझुकी दर्जनौं कम्पनीले यात्रुहरुलाई सेवा दिइरहेका छन्। यात्रुहरू पनि केही समस्या भए पनि सिन्डिकेटविरूद्ध सरकारले चालेको कदमको प्रसंशा गरिरेका छन्।
सेतोपाटीले शुक्रबार राजधानीका विभिन्न स्थानमा गएर यात्रु र यातायात मदजुरसँग कुरा गरेको थियो। जसमध्ये अधिकांशले सरकारकी कदममा साथ दिने बताएका छन्।
पछिल्लो समय चर्चामा आएको मयुर यातायातले विहान ४ बजेदेखि सेवा दिइरहेको अध्यक्ष मोहनबहादुर क्षेष्ठले जानकारी दिए। यातायात व्यवस्था विभागले आजको लागि ‘रुट फ्रि’ गरेका कारण आफूहरुले अन्य रुटमा पनि गाडी पठाएको उनले बताए।
‘हाम्रा २४ बसमध्ये एउटा भकुन्डे बेसी, एउटा पाँचखाल र बाँकी थानकोटबाट रत्नपार्क हुँदै धुलिखेल चलेका थिए। अब २५ गते गाडीको संख्या ५० वटा पुर्याउने उनले जानकारी दिए।
मयुरसँगै राजधानीभित्र साझा, ओरेन्ज, अन्नपूर्ण र महानगर यातायातका गाडीले सेवा दिइरहेका छन्। महानगर यातायातका संचालकहरु गाडी चलाउने र नचलाउनेमा विभाजित देखिँदा उसका सम्पूर्ण बस संचालनमा आउन सकेनन्।
देशभरि ९३ व्यवसायी पक्राउ, बिहानदेखि साँझसम्म सरकारले के–के गर्यो?
ती बाहेक उपत्यकाभित्र शहरी, सिटी, कार्यविनायक, न्यू घले ट्राभल, सुहान, हलेसी दर्शन, कैलेश्वरी, टुरिष्ट यातायात, जयश्री महालक्ष्मी, कन्काई, पन्चकन्या, अर्पिन, नमस्ते नेपाल, गोकर्णेश्वर, स्वयम्भू, कार्यविनायक, मेरो प्यारो नेपाल, चम्माइकी जय, निलबाराही, महाचण्डेश्वरी मनकामना दर्शन, भद्रकाली माइ, मेट्रो सिटी तथा शैलेश्वरी यातायातले सेवा दिइरहेको विभागका शाखा अधिकृत केशव जमरकट्टेलले जानकारी दिए।
त्यस्तै उपत्यका बाहिर पनि कम्पनी आबद्ध गाडीहरुले सेवा दिइरहेका छन्। बज्रबाराही, घोडाघोडी यातायात प्रालिका सवारीसाधन पनि संचालनमा आएका छन्। बज्रबाराहीका सवारी टिकाभैरव–रत्नपार्क–चापागाउँमा संचलनमा आएका छन्।
हेर्नुहोस् तस्बिर र भिडियोमा उपत्यकामा देखिएको घटनाक्रम भिडियो र फोटोफिचर
https://www.youtube.com/watch?v=VmmwZTSCN3c







