तस्बिरमा हेर्नुहोस् रातो मच्छिन्द्रनाथको रथारोहण


वर्षा र सहकालका देवता तथा नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ।
बिहीबारदेखि सुरू हुने रथ यात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई मंगलबार रथारोहण गरिएको हो।

वैशाख शुक्ल प्रतिपदाको साइतमा साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएका थिए।

वैशाख कृष्ण पक्षभर मच्छिन्द्रनाथको दश कर्म सकिएपछि आज देवतालाई रथमा राखिएको हो।

भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्दुदत्त बज्राचार्य र ललितपुरका ललित रथचक्र कृषकले मिलेर मच्छेन्द्रनाथ ल्याएको स्मरणमा जात्रा मनाइने गरिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए।
हेर्नुस् रथारोहणका केही दृश्यहरू

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.