देशका मुख्य प्रशासनिक संरचना रहेको सिंहदरबारमा आजदेखि सोलारबाट बिजुली बालिने भएको छ।
चीन सरकार सहयोगमा बनेको १ मेगावाटको सोलार प्रणालीको केहीबेरमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यू होङले उद्घाटन गर्दैछन्।
सोलारबाट बिजुली निकाल्न अर्थमन्त्रालय बाहेकका सबै मन्त्रालय र कार्यालयका छतमा प्यानल राखिएको छ।
प्यानल राख्ने काम दुई वर्षअघि सुरू भएको थियो। सोलारबाट आउने बिजुलीले सिंहदरबारको सबै भार नधाने पनि ठूलो सहयोग पुग्ने उर्जा मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश घिमिरेले बताए।