भारतको हिमाञ्चल राज्यमा पर्ने काँगडामा सोमबार साँझ एक स्कुल बस दुर्घटनामा पर्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटनामा परेको थियो।
दुर्घटनामा मृत्यु हुने सबै बालबालिका १० वर्ष मूनिका थिए।
दुर्घटनामा परी २ शिक्षक र बस चालकको पनि मृत्यु भएको छ।
बसमा ४० विद्यार्थी रहेको बताइएको छ। मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।
घाइते विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन।
हिमाञ्चलका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई पाँच लाख रूपैयाँ क्षतिपूर्ति दिने बताएका छन्।