केही दिनदेखि जारी रहेको बेलाबेलामा पानी पर्ने क्रम बुधबारपछि रोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रमा अरेबियन सागरबाट आएको वायू र पूर्वी क्षेत्रमा बंगालको खाडीबाट आएको प्रि–मनसुनी वायूले केही दिनदेखि बिहान–बेलुका र राति पानी परिरहेको छ।
‘यो क्रम मंगलबार साँझसम्म रहन्छ,’ नगरकोटीले भनिन्, ‘पर्सिदेखि राम्ररी घाम लाग्छ।’
अरेबियन सागरबाट आएको वायूको प्रभाव नभए पनि स्थानीय वायूका कारण साँझपख हावाहुरी चल्ने र हल्का पानी पर्ने हुन सक्छ।
प्रिमनसुनको समयमा जमीन तातेर विकसित हुने स्थानीय वायूले साँझतिर हावाहुरी आउने गर्छ।