ट्रम्प टावरमा आगलागी, एकको मृत्यु


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अपार्टमेन्ट र विजनेश अफिस रहेको ट्रम्प टावरमा आगलागी भएको छ।

म्यानहटनमा रहेको ट्रम्प टावरमा आगलागी हुँदा १ जनाको ज्यान गएको छ।  स्थानीय समयअनुसार शनिबार साँझ साढे पाँच बजे टावरमा आगलागी भएको हो।

टावरको ५०औं तलामा रहेका ६७ वर्षिय टोड ब्रासनर आगोले जलेका थिए। उपचारका लागि अस्पताल पुर्‍याएका उनलाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

आगो निभाउने क्रममा चार जना अग्नि नियन्त्रक पनि घाइते भएका छन्।  २ सय जना अग्निनियन्त्रक आगो निभाउन खटेका थिए। आगलागीको कारण खुल्न सकेको छैन।

वासिङटनमा रहेका राष्ट्रपति ट्रम्पले आगलागी नियन्त्रणमा आइसकेको उल्लेख गर्दै टावर एकदमै राम्ररी बनाइएको दाबी गरेका छन्।

सन् १९८३ मा बनेको ट्रम्प टावरमा ट्रम्प अर्गनाइजेनको कार्यालय र ट्रम्प परिवारको  अपार्टमेन्ट पनि छ।  ट्रम्प राष्ट्रपति बनेपछि टावरमा बस्दैनन्।

शनिबार आगलागी हुँदा पनि ट्रम्प परिवारका कोही पनि टावरमा थिएनन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.