श्रीमतीको हत्या गरि फरार श्रीमान् पक्राउ


शुक्रवार श्रीमतीको हत्या गरि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतिले जानकारी दिए।

बिहिवार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदिको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको हत्या गरि फरार रहेका थिए। ६ बर्ष अगाडि विबाह गरेका तामाङ दम्पति विच केही समयता मनमुटाव शुरु भएको थियो। उनीहरु एक महिनादेखी छुट्टाछुटै बस्दै आएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.