ताइवान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

TOPSHOT - Rescue and emergency workers block off a street where a building came off its foundation, the morning after a 6.4 magnitude quake hit the eastern Taiwanese city of Hualien, on February 7, 2018. Rescue workers scrambled to search for survivors in buildings left tilting precariously on their foundations in the Taiwanese city of Hualien on February 7, after an overnight earthquake killed four and injured more than 200. / AFP PHOTO / PAUL YANG (Photo credit should read PAUL YANG/AFP/Getty Images)


ताइवानमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म १२ पुगेको ताइवान विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

शुक्रबार दिउFसो एक क्यानडाली जोडीको उद्धार भएसँगै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको हो। अझै पनि भूकम्पका कारण ढलेको एक भवनको भग्नावशेषमा पाँच जना फसिरहेका छन् र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको केन्द्रले जनाएको छ ।

हराईरहेका मानिसलाई जीवित पाउने आसका साथ उद्धारकर्ताले अनवरतरूपमा खटी भग्नावशेषलाई पन्छ्याईरहेका र यो कार्यलाई अझै पनि निरन्तरता दिइने हौलियन काउन्टी प्रमुख फु कुन चीले बताए। मृतक १२ जनामध्ये चार चिनियाँ मुख्य भूभाग, पाँच जना ताइवानी एक फिलिफिनी र दुई क्यानडाली नागरिक रहेका फुले पुष्टि गरे।

चीनको भूकम्प मापन केन्द्र (सिइएनसी)का अनुसार मङ्गलबार राति ११ बजेर ५५ मिनेटको समयमा हौलियान क्षेत्रमा केन्द्रविन्दु बनाएर ६.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

हौलियानमा विगत पाँच दशक यताकै शक्तिशाली भूकम्प जाँदा कैयौँ घर तथा भवनहरू भत्किएका बताइएको छ । भूकम्पबाट भएको क्षतिको बिस्तृत विवरण आउन अझै पनि केही दिन लाग्ने देखिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.