त्रिशूली नदीमा गाडी खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन्।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान करिब ३ बजे पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो।
धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीका अनुसार दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएका छन्। चालक घाइते छन्। उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ। घटनाबार अनुसन्धान सुरू भएको धादिङ प्रहरीले जनाएको छ।