ओखलढुंगास्थित सिद्धिचरण नगरपालिका–५, बर्णालुमा शनिबार ट्रिपरले किच्दा एक कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोलुखुम्बुको दुधकुन्ड नगरपालिका–८ घर भइ हाल सोही ठाउँको सडकमा काम गर्दै आएका १८ वर्षीय बिवायिसी तामाङ रहेका छन्।
शनिबार बिहान बा २ ख ९५६४ नम्बरको ट्रिपरले ढुङ्गा अनलोड गरी पछाडी सार्ने क्रममा चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ।
ट्रिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।