ईलेक्ट्रोनिक पसलमा चोरी हुँदा २ लाख बराबरको क्षति


दाङ तुलसीपुर बजारको बीपी चोकस्थित सगरमाथा ईलोक्ट्रोनिक पसलमा चोरी भएको छ।

गोविन्द बस्यालको उक्त पसलबाट विभिन्न कम्पनीका १७ थान मोबाईल चोरी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

दुईलाख ५९ हजार ९ सय मूल्य बराबरका १७ थान मोबाइल चोरी भएको खुल्न आएको सापकोटाले बताए। चोरले उक्त पसलमा रहेका सबैभन्दा महंगा १७ थान मोबाईल चोरी गरेको प्रहरीले बताएको छ।

चोरले बिहिबार बिहान ४ बजेतिर चोरी गरेको सिसी क्यामेराको फूटेजमा स्पष्ट देखिएको प्रहरीले जानकारी दिएको छ। ‘चोरको अनुहार पसलको सिसी क्यामेरामा स्पष्ट पहिचान भइसकेको छ र हामी छिट्टै चोर समात्ने प्रयासमा छौं,’ ईप्रका प्रमुख सापकोटाले भने।

तुलसीपुर बजारको केन्द्र भागमा रहेको पसल चोरी हुनुले तुलसीपुर बजारको सुरक्षाको स्थिति उजागार भएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.