राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा शनिबार सार्वजनिक गरेको हो ।
३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएकोमा ७४ जनाको नतिजा रद्द गरिएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए। बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको छ।
बतासका अनुसार विषयगत ग्रेड मात्रै गरिएको छ। एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए निकालेको छैन। विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयो? भन्ने मात्रै थाहा पाउने छन्।
९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रे ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।
डी प्सल वा त्यो भन्दा तल कुनै एक विषय हुने विद्यार्थीले माघ २७ गते ग्रेड बृद्धि परीक्षा दिन पाउनेछन्।
यसरी हेर्नुहोस् नतिजा