दाङमा बसको ठक्कर दुई जनाको मृत्यु


दाङको लमहीमा स्कूल बसको ठक्करबाट एक वर्षीय बालकको मृत्यु भएको छ।

लमही नगरपालिका वडा नं. ५ चैलाहीमा स्कूल बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए।

शुक्रबार बिहान साधना मन्टेश्वरी स्कूलको लु १ क १३५३ नम्बरको स्कूल भ्यानले बालक अनसारीलाई ठक्कर दिएको थियो। अनसारीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको थियो। ठक्कर दिने भ्यान र चालक प्रहरी नियन्त्रणमा लिएको छ।

त्यसैगरी, दाङमा बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। घोराहीबाट लमही जाँदै गरेको ना ४ ख ६१६१ नम्बरको बसको ठक्करबाट घोराही उपमहानगरपालिका ३ बस्ने ६५ वर्षीय लक्ष्मण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घोराही–लमही सडक खण्डको योगी पेट्रोल पम्प नजिकै बिहिबार बेलुका उक्त बसले चौधरीलाई ठक्कर दिएको दिएको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.