गौचन हत्यामा संलग्न थप ३ पक्राउ


निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मुख्य अभियुक्तहरूलाई सहयोग गर्ने उदयपुरका राजकुमार शाह, काठमाडौंका सूर्य बाजी र सिरहाका श्याम गुप्तालाई पक्राउ गरेको  बताएको हो।

महानगरीय प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले यसअघि घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।

गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.