सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्चको आदेशपछि प्रहरी हिरासतमा रहेका केसी मुक्त भएका छन्। उनी त्रिवि शिक्षण अस्पताल पुगेर सत्याग्रहमै बसेका छन्। उनले आफ्नो सत्याग्रहका बारेमा बिहीबार छलफल गरेर निर्णय गर्ने बताएका छन्।अदालतको आदेशपछि उनी फागुन ८ गतेको तारेख लिएर सर्वोच्चबाट बाहिरिएका थिए।
आफूलाई साधारण तारेखमा छाड्ने र प्रधानन्यायाधीशका कागजात झिकाउने अदालतको आदेशलाई डा. गोविन्द केसीले सकारात्मक रुपमा लिएको बताएका छन्।
अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले भने-‘आजको निर्णयले अदालतको गरिमा अझ बढेको छ, अनशनबारे भोलि निर्णय गर्छु,’ उनले भने,‘अदालतको आदेश सकारात्मक हो, यसले न्यायालयको गरिमा बढाएको छ।’
हेर्नुहोस् थप के भने केसीले भिडियोमाhttps://www.youtube.com/watch?v=ppLRDrSe7tY&feature=youtu.be