बिहिबार सार्वजनिक बिदा


सरकारले बिहिबार राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले सूचना प्रकाशित गरी  राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन परेकोले  एकता दिवसमा बिदा दिएको बताएको हो।

मंसिर १४ गते बसेको मन्त्रिपरिषदको बैठकले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.