माइतीघरमा नारा लाग्यो, ‘डाक्टर केसीलाई कष्ट, भ्रष्टलाई अनिष्ट’


डाक्टर केसीलाई बिनाशर्त रिहाइको माग र प्रधानन्यायाधीश गोपाल पराजुलीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

डाक्टर केसीको समर्थनमा स्वस्फूर्त भेला भएका प्रदर्शनकारीले प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध नारा लगाउँदै डा. केसीको माग पूरा गर्ने दबाब दिएका छन्।

आइओएमका पूर्व डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्वहाली गरेपछि प्रधानन्यायाधीश पराजुली विरुद्ध सोमबारदेखि डाक्टर केसी अनसनमा बसेका हुन्। सर्वोच्चले अदालतका मानहानी मुद्दामा सोमबार नै डाक्टर केसीलाई  पक्राउ गरेको थियो।

प्रदर्शनकारीले ‘डाक्टर केसीलाई कष्ट,भ्रष्टलाई अनिष्ट,  ‘गोपाल पराजुली राजीनामा देऊ’ ‘चारै तिर प्रष्ट छ गोपाल पराजुली भ्रष्ट छ’, ‘म पनि गोविन्द केसी, मलाई पनि पक्राउ गर’, ‘दुइटा नागरिकता कस्को, एसएलसी फेल पराजुलिको’, ‘डा केसीको अनशन, पराजुली लाई टेन्सन’ जस्ता नाराबाजी गरेका छन्।

सबै तस्बिरहरू :नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.