दाङ देउखुरीका एक वृद्धा अमेलियामा मृत फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ कुरुवा निवासी ५७ वर्षीय रतनबहादुर राना अमेलियाको आमखोला नजिकको चिरामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घरवाट गएको ११ दिनपछि राना मृत फेला परेको हुन्। उनी श्रीमतीलाई लिन जान्छु भनि घरवाट गएका थिए । यो खवर तयार पार्दै गर्दा शवको पोष्टमार्टमको लागि तुलसिपुरको राप्ती अञ्चल अस्पतालमा राखिएएको प्रहरीले जानकारी दिएको छ ।