आँगनमा खेलिरहेकी बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु


महोत्तरीको कलवा ननगरपालिका ९ रौजामा एउटा ट्याक्टरको ठक्करबाट आँगनमा खेलिरहेकी एक बालिकाको मृत्यु भएको छ।

आइतबार बिहान ८ बजेको समयमा को १ त ५१० नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकको उत्तरतिर रहेको घरमा ठोकिँदा सोही वडाकी ५ वर्षीय बालिका  मुस्कान खातुनको मृत्यु भएको

जिल्ला प्रहरी प्रहरी नायव उपरीक्षक बालकृष्ण पोखरेलले सेतोपाटीलाई बताए।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.