पौडेल हत्या विरोधमा दाङमा चक्काजाम


रुपन्देहीको देवदह ढेकारमा काठ ब्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा दाङमा चक्का जाम भएको छ । नेकपा एमाले निकटको युवा संघले तुलसीपुर, घोराही र लमहीमा एक घन्टा चक्काजाम गरेको हो । हत्याको विरोधमा शुक्रबार दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म तुलसीपुरमा चक्काजाम गरिएको थियो ।

एमाले कार्यकर्ता पौडेलको मोटसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले विहान गोली हानेर हत्या गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.