अाजदेखि काठमाडाैंमा अन्तराष्ट्रिय बाैद्ध सम्मेलन सुरू भएकाे छ। तीन दिनसम्म चल्ने सम्मेलनको आयोजना नेपाल राष्ट्रिय दोर्जे शुम्देन समाजले गरेको हो ।
सम्मेलनमा नेपाल, चीन, श्रीलंका, ईटली, अमेरिका, जर्मनलगायत ८० राष्ट्रका वौद्ध धर्मावलम्बीको सहभागिता छ। सम्मेलनमा गौतम बुद्धले विश्वका लागि दिएको शान्तिको अवधारणाबारे छलफल हुने बताइएकाे छ।
सम्मेलनमा सहभागी बौद्ध धर्मगुरुहरुले बुद्धको ज्ञान विश्वमा शान्ति कायम गर्नका लागि उपयोगी भएकाले सबैले व्यवहारिक रुपमा पालना गर्नुपर्नेमा जोड दिएका थिए। सम्मेलनको उद्घाटन रक्षामन्त्री भिमसेनदास प्रधानले गरेका थिए ।