दुई पेस्तोल र गोलीसहित एक पक्राउ


काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट खोटाङ घर भएका सुवास कार्की पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको थियो। एउटा कटुवा र अर्को रिभल्वरसहित पक्राउ परेको परिसर प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.