भारतको राजस्थानमा बस दुर्घटना, ३२ जनाको मृत्यु


भारतको एउटा नदीको पुलबाट बस खस्दा भएको दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ। राजस्थान राज्यमा पर्ने सबै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा बनास नदीमा खसेर बस शनिबार दुर्घटना भएको हो।

उक्त बस  १६ वर्ष उमेरका सहचालकले तीव्र गतिमा चलाएका र नियन्त्रण गुमाएर तीन मिटर माथिबाट नदीमा खसेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।  घटनाको खास कारण अहिलेसम्म स्पष्ट नभए पनि अर्को सवारीलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएका हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

बसमा ५० जना यात्रु थिए। उनीमध्ये केही अझै हराइरहेका छन् भने केहीको शव नदीबाट बाहिर निकालिएको छ। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरदेखि १६० किलोमिटर टाढा पर्छ।

भारत धेरै सडक दुर्घटना हुने देशमध्येमा पर्छ। सडक दुर्घटना कै कारण भारतमा हरेक वर्ष झण्डै एक लाख ५० हजार जनाको मृत्यु हुनेगरेको सरकारी तथ्यांकले देखाएको छ।

सडकको नाजुक अवस्था, राम्रोसँग मर्मत नगरिएका सवारी सधान, चालकको लापर्वाही र ट्राफिक नियमको उलङ्घनलगायतका कारणले धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.