वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा आगो लागेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन् । उद्योग नजिक रहेका बासिन्दाहरुलाई स्थानीय प्रशासनले सुरक्षित स्थानमा सर्न अनुरोध गरेपछि उनीहरु बस्ती खाली गर्दै सुरक्षित स्थानतर्फ सर्न थालेका हुन् ।
उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लाग्ने र त्यो पड्किने सम्भावना भएकोले बस्ती खाली गराइएको स्थानीय प्रशासनले जनाएको छ।