विराटनगर बसपार्कभित्र निर्माण भइरहेको बस टर्मिनलको काम ९० प्रतिशत पूरा


विराटनगर बसपार्कभित्र निर्माण भइरहेको आधुनिक बस टर्मिनलको काम ९० प्रतिशत सकिएको छ।

विराटनगर–११ मा रहेको पुरानो बसपार्क भएको स्थानमा बसटर्मिनलको निर्माण कार्य भइरहेको हो। गत वर्षको फागुनदेखि निर्माण भइरहेको टर्मिनल निर्माण १५ महिने अवधि तोकिएको थियो ।

हालसम्म भवन निर्माणको काम र अन्य गरी ९० प्रतिशत काम सकिएको र अब एक महिनाभित्र बाँकी रहेको १० प्रतिशत काम पनि सक्ने प्रोजेक्ट इञ्चार्ज सुदर्शन थापाले बताए।

विराटनगर महानगरपालिका अर्थात (नगर विकास) कोषको आठ करोड ४७ लाख रुपैयाँ ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी–पार्वती निर्माण सेवा काठमाडौंले बसपार्क निर्माण गर्ने ठेक्का पाएको थियो ।

ठेकेदारले निर्माण गरिरहेको नयाँ बसपार्कमा साना–ठूला गरी ७५ वटा बस पार्किङ गर्न मिल्नेछ । दुईतल्ले आधुनिक बस टर्मिनललाई अर्काे व्यवस्था नभएसम्म बसपार्कको रूपमा प्रयोग हुनेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.