सुदूरपश्चिमका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प बुधबार राति करिब ९ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । दार्चुला, डडेलधुरालगायतका जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयबासीले जानकारी दिएका छन् ।
भारतको उत्तराखण्ड अर्थात् नेपालको सीमा क्षेत्र भन्दा १ सय ८० किलोमिटर पर उत्तर पश्चिममा केन्द्रविन्दु बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो।