३ लाखसहित वाम–गठबन्धनका कार्यकर्ता पक्राउ

३ लाखसहित वाम–गठबन्धनका कार्यकर्ता पक्राउ


निर्वाचनको मुखमा पर्सा क्षेत्र नं.३ को पोखरिया नगरपालिकामा ३ लाख रुपैयाँ रकमसहित वाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन्।

मौन अवधि सुरू भएसँगै निर्वाचनलाई लक्षित गरि चेकजाँचको क्रममा पोखरियास्थित पेट्रोल पम्प नजिकैबाट एमालकोे स्वस्तिक छाप लागेको २ हजार नमूना मतपत्रसहित ३ जना पकाउ परेका हुन्।

पक्राउ पर्नेमा वाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचन लडेका राजकुमार गुप्ताको भाई अशोक रौनियार, फुलकौलका बासु प्रसादर वृजेश पटेल रहेका छन्।

ना१ ह ९३३२ नम्बरको अटोमा पोखरिया आइरहेका उनीहरूको साथबाट ३ लाख रुपैयाँ नगद र  एमालेको नमूना मतपत्रसहित पक्राउ गरिएको क्षेत्र नं.३ का सुरक्षा ईन्चार्ज प्रहरी नायब उपरीक्षक डिडिपन्तले जानकारी दिए।

पक्राउ परेका एमालेका कार्यकर्ताहरूलाई आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक पन्तले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.