नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघका खेलाडीहरूलाई बुद्ध शान्ति बिमला रेग्मी समाजसेवा पुरस्कार २०७४ तथा श्री बुद्ध शान्ति सम्मान २०७४ प्रदान गरिएको छ।
बुद्ध शान्ति फाउन्डेशनद्वारा राजधानीमा आयोजित कार्यक्रममा नगद ७० हजार प्रदान गरिएको हो।
बुद्ध शान्ति फाउन्डेशनका सन्स्थापक अध्यक्ष, इन्जिनियर, साहित्यकार तथा कलाकार् सन्ध्या रेग्मीले स्थापना गरेको पुरस्कार हरेक वर्ष समाजसेवामा योगदान पुर्याउने सिर्जनशील ब्यक्तित्वलाई प्रदान गरिने भएको छ।
मेरुदण्डमा चोट बोकेर आजीवन व्हीलचेयरको सहारा लिँदै शारीरिक अशक्तताको बावजुत आफ्नो प्रतिभा र आत्मबलले कला साहित्य, खेलकुद तथा समााजसेवाका विधाहरुमा प्रतिष्ठा कमाई नेपालकै नाम चम्काउन सफल भएको भन्दै नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका सात जना खेलाडीलाई उक्त पुरस्कार दिइएको हो।
यस्तै कार्यक्रममा काठमाडौं विश्वविध्यालय धुलिखेल अस्पतालका २ वरिष्ठ परिचारिकालाई समेत सम्मान गरिएको थियो।
सम्मानित हुनेमा
- गायत्री दाहाल
- ङवाङ् छिरी शेर्पा
- सोनिका ढकाल
- लक्ष्मी कुँवर
- राम बहादुर तामाङ
- रुक्मनी सन्द्याङ
- विष्णु सिंह धर्ती
अखिल नेपाल भिक्षु महासङ का महासचिव भिक्षु कोण्डन्य महास्तविरले गसम्मानित सबैलाई बधाई र शुभकामना दिएका थिए।
कार्यक्रममा डा. गोविन्द केसी, वरिष्ठ मुटुरोग विशषज्ञ डा. प्रकाशराज रेग्मी , नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद संघका ६० जना सदस्यलगायत १०० जनाभन्दा बढीको उर्पस्थिति थियो।
बुद्धको शान्ति फाउण्डेशनको स्थापना २ वर्ष अघि भएको थियो।