भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली


चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन्।

जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताइन्।

माथिल्लो डोल्पामा हिमपात सुरू भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे, रिम्ना, राडीलगायतका ठाउँमा आएर बसेको सेका पामे लामाले बताए।

मंसिरदेखि फागुनसम्म जाजरकोटका गाउँमा बस्दा डोल्पाबाट ल्याएका जिम्बु तथा अन्य औषधिजन्य सामग्री विक्री गर्ने र डोल्पा फर्कदा आवश्यक खाद्यान्न लिएर उनले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.