सिराहामा बम विष्फाेट #NepalVotes #NepalElection2017 सिराहामा बम विष्फाेट

सिराहामा बम विष्फाेट


सिराहा जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र नम्बर ४ काे प्रचारप्रसार कार्यालयमा कुकर बम विष्फाेट भएकाे छ ।

शुक्रबार दिउँसाे गठबन्धनकाे कार्यालयमा कुकर बम विष्फाेट भएकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जगुसिद्धि बज्राचार्यले जानकारी दिए ।

बम विष्फाेटका कारण कार्यालय भवनमा सामान्य क्षति पुगेकाे छ । बम विष्फोट गर्न आएका टोलीले गठबन्धनकाे कार्यालयमा टाँसिएककाे प्रचार सामग्री समेत च्यातेका छन्।

घटनाकाे जिम्मेवारी जनतान्त्रिक तरार्इ मुक्ति माेर्चा (क्रान्तिकारी) ले लिएकाे छ। घटनास्थलमा जनतान्त्रिक तरार्इ मुक्ति माेर्चा (क्रान्तिकारी) का अध्यक्ष जय कृष्ण गाेइतले हस्ताक्षर गरेकाे पर्चाहरू भेटिएकाे छ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

निर्वाचन भाँड्ने षड्यन्त्र : पूर्वमन्त्री नायक

बम विष्फाेटपछि सिराहा क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री अजय शंकर नायकले निर्वाचन भाँड्ने षड्यन्त्रका साथ कार्यालयमा बम विष्फाेट गराइएकाे बताएका छन् ।

विष्फाेटपछि छाेटाे प्रतिक्रिया दिँदै उनले संविधान जारी गर्ने बेला संविधान जारी हुनबाट राेक्ने देशी विदेशी शक्तिकाे समेत संलग्नतामा बम विष्फाेट गराइएकाे उनले बताएका हुन् ।

बम पड्काउँदैमा निर्वाचनका कुनै पनि कार्यक्रम नराेकिने बताउँदै उनले भने, ‘हामी बम बारुदसँग खेलेर अाएकाहरू अहिले निर्वाचन भाँड्नकै लागि काेही कसैले बम पड्काउँदैमा डराउने छैनाैँ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.