जापानी मृत फेला


सगरमाथा अाधार शिविर नजिकैको होटलमा एक जापानी मृत फेला परेका छन्।

नाम्चेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार  बेस क्याम्प नजिकै स्नो ल्याण्ड होटलमा ७९ वर्षीय अाकेमी कोजुरोको शव फेला परेको हो।  भरिया र गाइड नलिइकन गएका उनी ४ गते राति मृत भेटिएका हुन्।

‘हेर्दा लेक लागेको जस्तो देखिन्छ। पोस्ट पार्टमका लागि हेलीबाट काठमाडौं पठाएका छौं। उसको पोर्टर पनि नभएको गाइड पनि नभएको रहेछ,’  न्यौपानेले भने।

आफ्ना नागरिकको शव ल्याउन काठमाडौंस्थित जापानी दूतावासले  हेलिकप्टर  पठाएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.