सताक्षीधाममा यस वर्ष लागेको बालाचर्तुदर्शी धार्मीक मेलाको भेटी सार्वजनिक भएको छ। सताक्षीधाम मन्दिर विकास समितिले मेला सकिएको एक दिन पछाडि नै औपचारीक रुपमा भेटी सार्वजनिक गरेको हो।
मन्दिर विकास समितिका सहसचिव ज्ञानप्रसाद लुईँटेलले यस वर्ष ५ लाख ५२ हजार १ सय ९० रूपैयाँ भेटी शंकलन भएको बताए। सवारी पार्किङबाट ३० हजार र मन्दिरको आजिवन सदस्यताबाट १६ हजार ५ सय रूपैयाँ शंकलन भएको लुईँटेलले बताए। शताक्षीधाम परिसरको शिवालय मन्दिर छेउमा राखिएको सहयोग रसिद मार्फत सर्वसाधरण धर्मप्रेमी दाताबाट ४ लाख ७५ हजार ६ सय ९० रुपैयाँ भेटी संकलन भएको सताक्षीधाम मन्दिर विकास समितिले जनाएको छ।
संकलित भेटीबाट सताक्षीधाम मन्दिर परिसरमा पुर्वाधार निर्माण हुने समितिले जनाएको छ। यो वर्षको बालाचर्तुदशी धार्मीक मेलामा भारतका दार्जीलिङ, गान्तोक, खर्साङ, शिलगढी, वृन्दावन, हरियाणालगायतका स्थानबाट सतविज छर्न सर्वसाधरण आएका थिए। यस्तै भुटान, वर्मालगायत युरोपियन मुलुकबाट पनि पर्यटक आएको धाम विकास समितिले जनाएको छ।
नेपालका अधिकांश ठाँउबाट सतविज छर्न आएका सर्वसाधारणको यस वर्ष घुईँचो लागेको थियो। धाम विकास समितिका सचिव उदय प्रकाश राईले यस वर्ष ६५ हजार सर्वसाधारणले सताक्षीधाममा सतविज छरेको अनुमान गरे। गत वर्ष ६० हजार सर्वसाधारण सताक्षीधामको धार्मीक मेलामा आएका थिए।
सताक्षीधामको भौतिक पुर्वाधार निर्माणार्थ धर्मप्रेमी सर्वसाधरणले दिएको भेटी सताक्षीधामको मुख्य आम्दानीको श्रोत भएको धाम विकास समितिका सचिव राईले बताए। दातालाई धन्यवाद दिदै उनले भने, ‘सताक्षीधामको विकासका लागि दिगो आर्थीक श्रोत नहुँदा धामले विकासको गति लिन सकेको छैन। सताक्षीधाममा वर्षेनी बालाचर्तुदर्शीमा धार्मीक मेला लाग्ने गरेको छ। यस्तै महाशिवरात्रि र मकर संग्रातिमा पनि केहि वर्षदेखि मेला लाग्न थालेको छ।