माओवादी केन्द्रका नेता प्रकाश दाहालको निधन भएपछि उनका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेरमा अस्पताल पुग्दैछन्।
उनको आइतबार बिहान हृदयघातपछि नर्भिक अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको अस्पतालको स्रोतले जनाएको छ। यद्यपी, अस्पतालले औपचारिक जानकारीका लागि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ।
छोराको निधन भएपछि चुनावी अभियानमा झापा पुगेका दाहाल हेलिकोप्टरबाट काठमाडौं फर्कंदै छन्। एमालेका अध्यक्ष केपी ओलीसहित प्रचण्डकी छोरी, ज्वाइँ र नातीनिसहित ५ जना काठमाडौं प्रस्थान गरिसकेका छन्।
प्रकाश पूर्वप्रधानमन्त्री समेत रहेका दाहालका एकमात्र छोरा हुन् । उनी दाहाल प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा नियुक्त भएका थिए ।
२०३८ सालमा जन्मिएका प्रकाश दाहालका दुई श्रीमती र दुई छोरा छन्। उनका पोखरामा रहेकी श्रीमती सिर्जना छोरासहित नर्भिक अस्पतालमा पुगिसकेकी छन्। भने कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर आउने तयारीमा छन्। अहिले श्री एयरलाइन्सको पहिलो उडानसहित छोरा लिएर काठमाडौं आउँदैछिन्।
यस्तै चितवनमा रहेकी दिदी रेणु दाहाल काठमाडौं आउँदैछिन्। अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भीड लागेको छ।
https://twitter.com/SharadRPathak/status/932101745257234434
https://twitter.com/RabindraADH/status/932099082671161344