चितवन प्रहरीले गर्‍यो प्रोसेफनल स्टार्डड टिम गठन


जिल्ला प्रहरी कार्यालय चितवनले प्रोसेफनल स्टार्डड टिम गठन गरेको छ। डिएसपी प्रभु प्रसाद ढकालको संयोजकत्वमा प्रोसेफनल स्टार्डड टिम गठन गरिएको एसपी दीपक थापाले बताए।

नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुबाट सम्पादन भइ रहेका कार्यहरुलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी एवं नतिजामूलक बनाउन टिम गठन गरिएको उनले बताए।

प्रोसेफनल स्टार्डड टिम ले प्रहरी कार्य, अपराध रोकथाम तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अन्य प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनुगमन तथा निरिक्षण गर्ने तथा आवश्यका अनुसार निर्देशन दिने, समन्वय गर्ने र कारवाहीको लागि कार्यालय प्रमुख समक्ष सिफारिस गर्ने सम्मको कामहरु गर्नेछ ।

प्रहरीको काम कारवाहीलाई प्रभावकारी बनाउन हाल भई रहेका कमीकमजोरी पत्ता लगाउने र त्यसको समाधानका उपायहरु सहित कार्य सम्पादनलाई उच्चस्तरको बनाउन यसले सहयोग गर्नेछ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.