निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। लामो समयको अनुसन्धानपछि प्रहरीले घटनामा संलग्नलाई मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा राजीव स्याङ्ताङ, शिवजी महतो, मुकेशकुमार पाण्डे, प्रकाश बुढाथोकी र सन्तोष गुरुङ छन् । यस्तै घटनामा संलग्न फरार अभियुक्तको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ , फरार अभियुक्तहरुमा समिरमानसिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङदेन (लिम्बू), श्यामबहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा छन् ।
गत असोज २३ गते दिउँसो शान्तिनगरमा रहेको घरबाट निस्केर गाडीमा चढी केही मिटर पर नपुग्दै मोटरसाइकलमा आएका दुई जना मास्क लगाएका व्यक्तिले गौचनलाई गोली हानेका थिए।
घाइते भएका गौचनको उपचारका क्रममा नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा मृत्यु भएको थियो ।