बन्धक बनाइएकी एक महिलालाई उद्दार गर्दै शादा पोशाकका प्रहरी...
आफ्नै डेरामा बन्धक बनाइएकी एक महिलालाई प्रहरीले ७ घन्टापछि उद्धार गरेको छ । ललितपुरको पुल्चोकस्थित एक घरमा बन्धक बनाइएकी निता डंगोललाई पुल्चोक प्रहरीले उद्धार गरेको हो ।
प्रहरीले बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई नियन्त्रणमा लिएको छ। सिंहले पहिला निताको श्रीमान दिलिपलाई पुल्चोकबाट नियन्त्रणमा लिइ कुटपीट गरेको र पछि डेरामा गएर नितालाई बन्धक बनाएर राखेका थिए।
निताले आफू बन्धकमा परेको प्रहरीलाई मोबाइलबाट जानकारी गराएपछि पुल्चोक प्रहरीका प्रहरी निरीक्षक गोविन्द पन्थीले सिंहलाई फोन गरेर बन्धक नबनाउन आग्रह गरेका थिए। तर अटेर गरेपछि राती ८ बजे प्रहरी पुगेर निताको उद्धार गरेको हो ।
निताको उद्धारपछि उनलाई पक्राउ गर्न बखुल्डोलस्थित घरमा प्रहरी पुगेको थियो। प्रहरी आउने थाहा पाउने भएपछि उनी फरार भएका थिए।
रकम लेनदेनमा सिंह र डंगोल परिवारको विवाद भएको प्रहरी अनुसन्धानबाट देखिएको छ। पार्टनरसिपमा रेष्टुरेन्ट संचालन गर्दै आएका उनीहरुबीच रेष्टुरेन्ट डुब्न थालेपछि विवाद सुरु भएको प्रहरी निरीक्षक पन्थीले बताए।
सिंहलाई ९ बजे नियन्त्रणमा लिइएको पन्थीले बताए। सिंहलाई शरिर बन्धक मुद्दा चलाउने उनले बताए।