करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा यातायात कार्यालय कोशीका लेखापाल सुरेश अधिकारी पक्राउ परेका छन्। आइतबार काठमाडौंको रानीबारीबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
२०६७ फागुनदेखि इटहरीस्थित यातायात कार्यालयमा काम गर्दै आएका अधिकारीले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अख्तियारको भनाइ छ। उनीविरुद्ध गत असार ४ मा ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
यसअघि २०७०–७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।