ट्वीटरका एक जागिरेले काम गर्ने अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यक्तिगत ट्वीटर एकाउन्ट बन्द (डिएक्टिभ) गरिदिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नाम नखुलाइएका ट्वीटरमा उनको बिहीबार जागिरेको अन्तिम दिन थियो। जागिर छोड्नुअघि उनले राष्ट्रपति ट्रम्पको एकाउन्ट डिएक्टिभ गरेका हुन्।
त्यसपछि ट्रम्पको एकाउन्ट ११ मिनेट बन्द भएको थियो। त्यतिबेला ट्वीटरमा ट्रम्पको
@realDonaldTrump एकाउन्ट उपलब्ध नभएको देखाउँथ्यो।
ट्वीटरले पहिला मानवीय गल्तीका कारण ट्रम्पको एकाउन्ट बन्द भएको बताएको थियो पछि विज्ञप्ति निकालेर जागिर छोडेका एक व्यक्तिले ट्रम्पको एकाउन्ट बन्द गरिदिएको जनाएको छ।