विदेशी मुद्रा विनिमयको मुद्दामा फरार रहेका भिमेन्द्र कुमार गोयललाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको नक्सालबाट गोयललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो।
२०७४ साल वैशाख १८ गते काठमाडौं जिल्ला अदालतले उनलाई १ वर्ष कैद र १ करोड १७ लाख ४२ हजार जरिवाना तोकेको थियो।
गोयललाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।