अब जनता जाग्ने पालो आयो


पञ्चायती व्यवस्थाले जनतामा लादेको एक दलीय ब्यवस्थाका कारण कुण्ठित जनताको अधिकारलाई पुनः जनतामाझ ल्याउन हक र अधिकारको लडाइँ भयो। तत्पश्चात् २०३६ को आन्दोलनहुँदै २०४६ को बहुदलीय व्यवस्था, माओवादीको क्रान्तिपछि ०६२/०६३ को आन्दोलन, संविधानमा सङ्घीयताका कुराले स्थान पाएका राजनीतिक पक्षले जनताको चेतनाको विकासमा खेलेको भूमिकाका लागि पुराना दल र तीनका नेताहरु धन्यवादका पात्र छ्न्।

तर , राजनितिक हक र अधिकार पाएका जनताले लामो समयसम्म देशमा सम्बृद्धि र विकास देख्न र भोग्न पाएनन्। यसको परिणामस्वरुप नेपाली मानवीय भावनामा पद, प्रतिष्ठा र पैसाको स्वार्थी आचरणले धमिल्यायो।

यसमा सबैभन्दा ठूलो दोष राजनीतिक दलले सिकाएको स्वार्थी भावना, विभेदकारी व्यवहार अनि फरकताको महसुस गराउने प्रवृत्ति हो।

देशमा मौलाएको भष्ट्र्चार र चरम बेरोजगारीका बारेमा युवाहरुले जिज्ञासा र चासो राख्न थालेका छ्न्। हाम्रो समाज र त्यस भित्र मौलाएको संस्कार नै यति दुषित भएको छ कि घुस, भ्रष्टचार, अनैतिक आय आर्जनलाई निरुत्साहित पार्नुभन्दा त्यसलाई बढावा दिन्छ। कुनै वैधानिक आय श्रोत नभइ गलत बिधिको कमाईबाट ठड्याईएका महल तथा अप्रत्यासित रुपले परिवर्तन भएको रहन सहनलाई फलानोले प्रगति गरेछ भनेर गौरव गर्ने पनि यही समाजका हामी पहिलो पुस्ता नै हौ।

बिगत २०-२२ वर्षदेखि ठूला राजनीतिक दलहरुले आलोपालो देश विकास गर्ने अवसर पाएकै हुन्। जनताले विश्वास गरेर सत्ता सञ्चालन गर्न दिए तर, जनताले दिएको मत र विश्वास बमोजिम देशको सम्बृद्धिका लागि ठूला दल असफल भएकै हुन्। अधिकारको लडाई लड्ने नेताले सत्ताका लागि आलोपालो कुर्सी साटासाट गर्न समय ब्यथित गरे। राजनीतिक ब्यवस्था र यसको जनमूखी आचरणलाई दुर्गन्धित बनाई जनताको भावना र देशको आवश्यकता अनुकुल प्रयोग गरिएन।

नेताहरुले अधिकारको लडाई त लडे तर आफू सत्तामा पुगेपछि राजनीतिक र व्यक्तिगत आचरण गुमाउनु पुगे, देश र जनताका ईच्छा र आकांक्षा विपरित सरकार ढाल्ने र बनाउने खेल मै समय ब्यथित गरे। पद, नातावाद र सत्ता लोपताका कारण ठूलो त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रका उपलब्धी कुन्ठित हुन पुगे।

ऊर्जाशील यूवा खाडीको रापमा हड्डी घोट्न बाध्य भए भने गाउँघरमा बाझो खेत कुर्न बुढेशकालका बाबुआमा बाध्य भए।

लामो समयसम्म देशको राजनीति हाँकेका नेता र तिनका वरिपरी बस्नेहरूको जीवनशैलीमा आएको परिवर्तनले जिब्रो टोक्नुपर्ने अवस्था सृजना भयो। भ्रष्टाचारले मानिस, परिवार, समाज, देश र राष्ट्रलाई नकारात्मक असर पारेको हुन्छ। यसैको नकारात्मक प्रभावले नेपालका सत्ताधारी र यस मुलुकका श्रमजिवी जनताबीच आज ठूलो खाडल देखिन्छ।

यसलाई गहिराईमा गएर बिश्लेषण गर्ने हो भने भ्रष्टाचारको ठाडो असर मूलुकको विकासक्रममा परेको हुन्छ। त्यस्तै, यस मूलुकको बागडोर सम्हालेका राजनीतिक ब्यक्ति  दिन प्रतिदिन मोटाउँदै जानु र राष्ट्र खोक्रो हुँदै जानुको अर्थ यो मूलुकका जनातालाई थाम्नै नसक्ने गरी बिदेशी ऋणको भारी बोक्नु परेको र देश गरिवीको चपेटामा फसेको हो भन्न सक्ने आधारहरु भेटिन्छ्न्।

देशमा रोजगारी छैन, घर परिवार पाल्ने कुनै आधार छैन। अड्डा अदालत, शान्ति शुरक्षादेखि स्वास्थ सेवामा समेत राजनीतिक हस्तक्षेपले प्यारालाईज बनाईएका छन्। पेट पाल्न कि त नेताहरुको शरण पर्नुपर्छ कि अनैतिक काममा सङ्लग्न हुनुपर्छ।

बैदेशिक रोजगारीका लागि सरकारी नीति र नियमको टेकोमा अनियन्त्रित रूपले रोजगार कम्पनीहरुको स्थापना गरिनू, कम्पनीहरुको अनुगमन नहुनू, राजनीतिक पार्टीहरुको आढमा त्यस्ता रोजगार कम्पनीहरु सञ्चालन गरिँदा बैदेशिक रोजगारका लागि गएका युवा दिन प्रतिदिन ठगिने गरेका छन्।

यस्ता घटनाहरुमा राज्य निरिह रहनु र राज्यबाट आवश्यकता अनुसार आफ्ना नागरिकहरुलाई सहयोग गर्न नसक्दाको पीडामा प्रत्येक नेपालीको मन कुडिँनु स्वभाविक हो।

शिक्षा, स्वास्थ्यमा दलगत हस्तक्षेप, राज्यको सेवा र विकासमा मौलाएको भ्रष्टाचार, ठेकेदार र माफियाहरुको राज्य र प्राकृतिक श्रोत उपरको लुट, संक्रमणकालिन न्यायको हत्या, चरम वेरोजगारी, ओरालो लागेको अर्थतन्त्र आदिको निरन्तरताका कारण सम्बृद नेपालको गोरेटोमा लामो समयसम्म तगारो लाग्ने  हो कि भन्ने आशङ्काले बुद्धिजिवी वर्गहरु चिन्तित देखिएका छ्न्।

नेताहरुको सत्तालोपता र स्वार्थी आचरणका कारण राज्य विखण्डनको खेल विदेशीले खेलिराख्लान् भन्ने डर पनि त्यत्तीकै छ। राष्ट्र जलिरहँदा, कमजोर भइरहँदा, भ्रष्ट्रचार्, जनताका हक र अधिकार कुन्ठित हुँदा , बेथिति र विदेशी हस्तक्षेपले थिल्थिलो बनिरहँदा जुन देशका जनता सत्य बोल्ने साहस गर्दैनन्।

गुण र दोषका आधारमा आफ्ना प्रतिनिधि छान्ने विवेक प्रयोग गर्न सक्दैनन् त्यस देशको अर्थतन्त्र यसरि नै कछुवाको गतीमा चली नै रहनेछ , खाडी जाने युवाहरुको लर्को बढी नै रहनेछ, बिदेशमा चेलीहरुको बिक्री र मानसिक र यौन शोषण रोकिने छैन र राज्यबाट जनताहरु यसरी नै अपमानित हुनु पर्नेछ।

यसका लागि जनतामा सचेतनाको आन्दोलन अबको आवश्यकता पनि हो।

जन्मभूमी नेपालमा मौलाएको बेथिती र बिसंगतीले नेपाल भित्र मात्र होइन नेपाल बाहिर उच्च शिक्षाका लागि गएका, रोजगारीको अवसरको सदुपयोग गरेका नेपालीहरु अत्यन्त चिन्तित छन्।

देश र जनताको सम्वृद्धि र विकासका लागि इमान्दारिता, क्षमता र इच्छा शक्ति आवस्यक हुन्छ। यी गुण भएका व्यक्तिहरु नेपालमा छन तर यस्ता व्यक्तिहरु नेत्तृत्व सम्म पुग्नै पाउदैनन् वा पुग्ने राजनीतिक संस्कार नै छैन।

फलस्वरूप त्यस्ता व्यक्तिहरु आफ्नो भाग्य कोर्न कोही खाडी त कोही अन्य मुलुकमा जान बाध्य हुन्छन्। अनि , त्यही पुराना र पुरातनबादीहरुको कब्जामा देश रहने गरेको अवस्था आजको नेपालको हो।

त्यही ब्यक्ती, त्यही आचरण र त्यही बेथितीका बिच फोहोरी राजनीतिको टेकोबाट देश सम्वृद्धिको दिशामा पुग्दैन यसका लागि जनताको चेतनाको विकास गर्दै सुसंस्कृत राजनीतिको टेकोमा देशलाई आफ्नै जिवनकालमा सम्बृद्द बनाउने अठोट लिएर अर्का रविन्द्र मिश्र पनि राजनीतिमा होमिए। त्यस्तै, पूर्व सचिव किशोर थापा लगायत पूर्वधार विज्ञ सूर्यराज आचार्यहरु पनि सुसंस्कृत राजनीतिको स्थापना गर्दै देश बनाउने अभियानमा लागेका छन्।

साच्चै नै सम्बृद्द नेपाल छिट्टै हेर्ने हो भने राम्रो काम गर्नेलाई सहयोग गर्दै देशमा मौलाएको बेथितिबिरूद्ध जनता नै अगाडि बढनु पर्छ र देशमा सुशासन कायम राख्न सहयोगी भूमिका निर्वाह गर्नु पर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.