करिश्मा दिदीलाई चिठी


मेरी प्यारी, राम्री र सबैकी नमुना दिदी करिश्मा नमस्कार! भगवानसँग मेरो प्रार्थना तपाईँका चालेका कदमले लक्ष्य चुमून्।

प्यारी दिदी तपाईँका बारेमा छापिएको समाचार “मैले पढेर के महाभारत भो र?” पढेपछि  म यति धेरै उत्साहित भएकी  थिएकि भर्खरै भेटेर हात मिलाउँदै बधाई दिउँ एउटा फ्यानको र अर्को एउटी नारिको नाताले।

हरेक परिवेशका कारण दूरि टाढा भए पनि तपाईँको शहर भन्दा अर्को शहरदेखि ढिलै भए पनि  यो शिक्षा दिवसको अवसरसँगै मेरो पनि तपाईँलाई  धेरै धेरै… शुभकामना।

यो शिक्षाको पुनः सुरूवातले पूर्णता प्राप्त गरोस्। करिश्माजी म पनि एउटी नारी हुँ। एउटी नारीको लागि जीवनमा के खड्किदै जान्छन् धेरै थोरै अनुभव, अनुभुतीहरु आफू, आफ्नै समाजबाट बटुलेकी छु। हो आजकी नारी  हरेक कोणबाट सक्षम हुनुपर्छ। प्रत्येक नारी शिक्षित हुनुपर्छ। नारीलाई हेर्ने पितृसत्तात्मक दृष्टिकोणलाई बदल्न सक्नुपर्छ। जसको लागि शिक्षा अपरिहार्य हुन्छ।

मलाई लाग्छ पुरुषभन्दा अझ बढी महिला शिक्षित हुनु जरुरी छ र नारीको लागि शिक्षा महान आवश्यकता हो। एउटा पुरुष शिक्षित हुनु भनेको एउटा ब्यक्ति मात्र शिक्षित हुन हो तर एउटी महिला शिक्षित हुनु भनेको सम्पूर्ण परिवार नै शिक्षित हुनु हो।  मेरो भनाइलाई अन्यथा नसोच्नु होला।

म तपाईँको  शुभचिन्तकको नाताले बोल्दैछु। करिश्माजी तपाईँ आफूले  यो उमेरमा पढ्दा सङ्कोच र लाजले होकि अरु ब्यक्तिको प्रसङ्ग देखाउँदै  आफ्नो पढाई पुन सुरु गरेको बताउनु भएको रहेछ।

पढाईलाई  बाध्यता बनाउनु भन्दा पनि रहर बनाउनु राम्रो हुन्छ।  यसरी अरुसँग तुलना गर्नुभन्दा पनि जनचेतना मुलक तरिकाबाट बोल्नु बढी राम्रो हुन्थ्यो होला करिश्माजी।

लाज मान्ने र लाज छुपाउनु पर्ने केही छैन। बिना लाज र बिना सङ्कोच अघि बढ्नुहोस्, अझै अघि बढ्नुहोस करिश्माजी।

तपाईँ पहिला सबैको नजरमा एउटी मनपर्ने सुन्दर नायिका हुनुहुन्थ्यो अहिले सबै अनपढ र बाध्यता या हेलचेक्र्याइले पढाई छोड्न विवश सबैको एक रोल मोडल बन्नुभएको छ।

शिक्षा आर्जन गर्न जुनसुकै साहसी र जो कोही ब्यक्तिलाई पनि  उमेरले छेक्दैन र उमेरको कुनै हक्बन्दी हुदैन। मेरो तर्फबाट यो भन्न चाहन्छु कि अरु सबै अनपढ, विवशता  र लापरबाहीको कारण पढाई पूरा गर्न नसकेका अपुरेहरु अनि पढ्दै गरेका बच्चादेखि सक्नेबेला सम्मका सबै नेपालीहरु र अझ बढी प्रत्येक महिलाले करिश्माबाट पाठ सिकुन् जसै पढ्नुपर्छ भनेर।

पढ्नु अरूको लागि होइन आफ्नै लागि हो भनेर बुझून् सबैले। पढाई देखाउनलाई होइन अघि बढ्ने जीवनको  उज्यालो गोरेटो हो भनेर बुझून् सबैले। शिक्षा साहस हो, कसैले तोड्न र चोर्न नसक्ने बौद्धिक हतियार हो साथमा राख्नुपर्छ भनेर बुझ्न जरुरी छ सबैले। र अझ प्रत्येक नारीले चेत्नु जरुरी छ।

कति नारी यही पढाईका कारण सौता बेहोर्नु र हेपिनु परेको छ। फेरि भन्न चाहन्छु धन्य छ करिश्माजी तपाईँलाई। तपाईँको कदम नरोकिइ लक्ष्य टेकुन्। तपाईँको साहस र बुझाईको हार्दिक कदर गर्दछु।

तपाईंकै  शुभचिन्तक : मन्जु कास्की पोखरा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.