आयोजना कार्यान्वयन निर्देशनालयको प्रतिक्रिया


चैत ८ गते सेतोपाटीमा फोटो पत्रकार नारायण महर्जनको तस्वीरसहित प्रकाशित ‘स्थानीयले बन्द गरिदिए प्रचण्ड हिँड्ने खुमलटार सडक’ शिर्षकको समाचारप्रति आयोजना कार्यान्वयन निर्देशनालय, अनामनगरको ध्यानाकर्षण भएको छ। आयोजना निर्देशनालय पाठकहरूमा यससम्बन्धी केही तथ्यहरू प्रष्ट पार्न चाहन्छ।

सडक विभाग, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय र आयोजना निर्देशनालयबीच सहमति भए अनुसार चापागाउँ चोक (रिङरोड) देखि ढोलाहिटी चोक (खुमलटार पानी ट्यांकी) सम्म मेलम्ची आयोजनाले पाइपलाइन बिछ्याएको कुरा सत्य हो।

·उल्लिखित खण्डको विस्तार प्रक्रिया सडक विभाग अन्तर्गत ठेक्का व्यवस्था गरी सुरू भइसकेकोे अवस्थामा निर्देशनालयले यथाशिघ्र पाइपलाइन बिछ्याएर सडक निर्माण कार्य सहज गर्ने प्रयास गरेकै हो।

· पाइपलाइन बिछ्याइसकेपछि सडक पुर्नस्थापन गर्ने सम्बन्धमा सडक विभागका तत्कालीन क्षेत्रीय निर्देशक र ललितपुर सडक डिभिजनका तत्कालीन प्रमुखबीच आयोजना कार्यान्वयन निर्देशनालयका पदाधिकारीहरूको उपस्थितिमा निम्न सहमति भएको थियो:

१. चापागाउँ चोकदेिख ९६० मिटरसम्म निर्देशनालयका निर्माण व्यवसायीले बेस कोर्ष तयार गरी ललितपुर सडक डिभिजनलाई कालोपत्रे गर्नको लागि बुझाउने

२. बाँकी ८४० मिटर विस्तार हुन समय लाग्ने भएकोले मौजुदा कालोपत्रेको चौडाइमा निर्देशनालयका निर्माण व्यवसायीले कालोपत्रे नै गर्ने।

निर्देशनालयले उपरोक्त सहमति अनुसार गत आर्थिक वर्षको चैत्र महिनामा नै आफ्नो प्रतिबद्धता अनुसार बेस कोर्ष तयार गरी बुझाएको र आफूले कालोपत्र गर्नुपर्ने ८४० मिटर सडक खण्ड वैशाख र जेष्ठ महिनामा सम्पन्न गरेको थियो।

 

आयोजना कार्यान्वयन निर्देशनालय

अनामनगर

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.