नेकपा एमालेले टिकट नदिएपछि 'गुण्डा नाइके' दिपक मनाङेले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट स्वतन्त्र उम्मेदवारी दिन लागेको मनाङेले बताए।
‘मनाङमा पार्टीभन्दा परिवारले जित्ने हो। त्यसैले मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ। हाम्रो परिवार ठूलो भएकाले मैले नै जित्छु,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने ।
एमालेबाट चुनाव लड्का लागि उनी राप्रपाको जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मनाङेलाई टिकट दिएको भन्दै विरोध भएपछि एमालले सो क्षेत्रबाट मनाङेको नाम हटाई खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ।