प्रदेश नम्बर २ मा पनि अब एमाले पहिलो शक्ति बन्ने-अध्यक्ष अोली

फाइल तस्बिर


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।

अध्यक्ष ओलीले एमाले राष्ट्र, राष्ट्रिय एकता र लोकतन्त्रको नायक भएको तर्क पनि गरे। युवा संघ नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको निर्वाचन केन्द्रीत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले  सामाजिक न्यायसहितको मुलुकको समृद्धिका लागि एमाले अग्रभागमा रहेकोे उल्लेख गर्दै आगामी २ महिनाभित्र एमालेले संघीय र प्रदेश दुवै तहमा सरकारको नेतृत्व गर्ने दाबी समेत गरे।

अध्यक्ष ओलीले आसन्न निर्वाचनमा स्थानीय तहमा निर्वाचित १४ हजारभन्दा बढी एमाले कार्यकर्ता परिचालन हुने अवस्था देखेपछि काँग्रेस छटपटाउन लागेको पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकताबद्ध भएर आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अभियानमा केन्द्रीत हुन युवा संघका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले  चुनावी तालमेल गरेका राजनीतिक दलका सबै उम्मेदवारहरूलाई विजयी बनाउन पनि पार्टीका सबै कार्यकर्ताहरू इमान्दार बन्नुपर्नेमा पनि जोड दिए।

वरिष्ठ नेता नेपालले प्रदेश नम्बर २ मा पनि अब आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.