चुरेभावर पार्टी शनिबार एमालेमा विलय हुने


चुरेभावर राष्ट्रिय एकता पार्टी नेकपा एमालेमा समाहित हुने भएको छ।

शनिबार दिउँसो काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरी सिङ्गो पार्टी एमालेमा समाहित हुने नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन्।

अध्यक्ष बद्री न्यौपानेले एमालेमा आफ्नो पार्टी विलय गर्न सहमति गरिसकेका छन्। २०७०को संविधान सभा निर्वाचनमा भाग लिएको यो पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ जम्मा ३ हजार ४ सय ८४ मत पाएको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.