समाजवादी फोरमका अध्यक्ष यादवको नाम मोरङ क्षेत्र नं– ५ बाट पनि सिफारिस

फाइल तस्बिर।


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।

सो क्षेत्रबाट उनको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाइएको पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराए।

पार्टी अध्यक्ष यादव मोरङ क्षेत्र– ५ अन्तर्गत विराटनगर–१४ को स्थायी बासिन्दा हुन्। सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि उनको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको बताइएको छ।

साथै छ वटा संसदीय क्षेत्र र १२ वटा प्रदेश सभाका लागि पनि उम्मेदवारको नाम सिफारिस गरिएको उनले जानकारी गराए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.