बाम गठबन्धनमा मिसिन मालेको कसरत, प्रदेशमा २१ र प्रतिनिधिसभामा ७ सिट माग


नेकपा मालेले पनि एमाले, माओवादी केन्द्र रहेको बाम गठबन्धनमा मिसिने कसरत गरेको छ।

तीन प्रतिशत थ्रेसहोल्ड र १ सिट प्रत्यक्ष नजिते राजनीतिक दलको हैसियत नै समाप्त हुने अवस्थामा पुगेको नेकपा मालेले गठबन्धनसँग तालमेल गर्न प्रस्ताव पठाएको हो।

माले महासचिव सिपी मैनालीले गठबन्धनको विषयमा वार्ता भैरहेको बताए। तर, मालेले आफ्नै निर्वाचन चिन्हमा निर्वाचनमा सहभागी हुने र तालमेल मात्र गर्ने जनाएको हो।

नेकपा मालेका स्थायी समिति सदस्य डम्बर श्रेष्ठले प्रतिनिधिसभामा ७ सिट र सात प्रदेशमा ३/३ गरी २१ उम्मेदवार बनाउन प्रस्ताव पठाएको बताए।

‘हामीले प्रस्ताव पठाएका छौँ, उहाँहरूबाट थप कुरा आएको छैन। आज र भोलिमा टुङ्गो लाग्ला’, श्रेष्ठले भने।

उनले सूर्य वा अन्य कुनै निर्वाचन चिन्ह लिएर भने माले गठबन्धन र तालमेलमा नजाने बताए। तर, माले सांसद अइन्द्रसुन्दर नेम्वाङले भने प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ पार्टीकै चुनाव चिन्हमा लड्ने गरी पनि गठबन्धन र तालमेल गर्ने विषयमा छलफल चलेको बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.